कोरोनाका कारण एकै घरका दाजुभाइको निधन, सिंगो गाँउ नै शोकमा — OSNepal

कोरोनाका कारण एकै घरका दाजुभाइको निधन, सिंगो गाँउ नै शोकमा

LC (KTM) June 02, 2021 0

उदयपुर-उदयपुरमा कोरोना संक्रमणले एकै परिवारका दुई दाजुभाइको निधन भएको छ । निधन हुनेमा रौतामाई गाउँपालिका ७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगर रहेका छन् ।

उनीहरुको चार दिनको फरकमा ज्यान गएको हो । पुस्कल परिवारका जेठो छोरा हुन् भने तुलबहादुर साइलो हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेज लगिएको थियो ।

उपचारकै क्रममा १५ गते राति तुलबहादुरको ज्यान गएको हो । उनको शव १६ गते गाउँमै ल्याएर व्यवस्थापन गरि काजकिरिया सुरु भएको तेश्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल अस्पतालमा मृत्यु भएको हो । तुलबहादुरको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मुर्कुची बस्दै आएका पुस्कलका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर