राष्ट्रिय सभा सदस्य निवार्चनको मतदान सुरु : १९ पदको लागि ४३ जनाको उम्मेदवार — OSNepal

राष्ट्रिय सभा सदस्य निवार्चनको मतदान सुरु : १९ पदको लागि ४३ जनाको उम्मेदवार

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । राष्ट्रिय सभा सदस्य निवार्चनको मतदान सुरु भएको छ । अहिले बिहान नौ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म हुने भएको छ ।

१९ सदस्य पदका लागि सुरु भएको मतदान सातै प्रदेशमा एके साथ सुरु भएको छ । प्रदेश सभाका सदस्य तथा स्थानित तहका महानगर, उपमहानगर र नगरपालिका प्रमुख उपप्रमुख तथा गााउपािलकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने भएका छन् ।

प्रदेश १ मा तीन,मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन,कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ । जसमा १९ . पदको लागि ९ दलका ४३ जना उम्मेदवार रहेका छन् ।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

यसैगरी मतदान स्थलमा प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ ।

यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर