भैसीलाई घाँस झार्न रुखमा चढेका २७ वर्षिय युवक रुखबाट लडे... — OSNepal

भैसीलाई घाँस झार्न रुखमा चढेका २७ वर्षिय युवक रुखबाट लडे…

LC (KTM) June 02, 2021 0

काठमाडौ । जिल्लाको चिशङ्खुगढी गाउँपालिका—८ मा रुखबाट लडेर आज एक जनाको ज्यान गएको छ । घाँस झार्ने क्रममा पयँुको रुखबाट लडेर २७ वर्षिय एकबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

घर नजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर