मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका मरिससका ४ जना खेलाडीमा कोरोना संक्रमण — OSNepal

मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका मरिससका ४ जना खेलाडीमा कोरोना संक्रमण

LC (KTM) January 25, 2022 0

मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी राष्ट्र मरिससका चार खेलाडीले कोरोना संगै लिएर आएका छन् । खेल्न आएका खेलाडीहरु मध्ये ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।मरिसस फुटबल एसोसियसनले मंगलबार चार खेलाडीको कोरोना देखिएको जनाएको छ । कोरोना देखिने खेलाडीमा लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथे रहेका छन् ।

मरिससको टोली सोमबार नेपाल आईपुगेका थिए । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ। नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर