आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा — OSNepal

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

LC (KTM) January 25, 2022 0

थ्री स्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई आर्मीले एक शुन्य गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरेका थिए ।

७० औं मिनेटमा राजिबले गोल गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने आजको हार संगै बाहिरिएको छ ।मनाङ नेपाल पुलिस क्लबलाई दुई शुन्य गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर