पोखरामा सिटामलको अभाव भएकै हो? औषधी पसलमा प्रशासनको छड्के — OSNepal

पोखरामा सिटामलको अभाव भएकै हो? औषधी पसलमा प्रशासनको छड्के

LC (KTM) January 25, 2022 0

जोरोको औषधीको रुपमाप्रयोग हुदै आएको प्यारासिटामलको पोखरामा चरम अभाव भएको भन्ने समाचारहरु सामाजिक संजालमा आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन सुरु गरेको छ ।

आज मात्रै पोखरामा रहेका दर्जनौ औषधी पसलहरुमा अनुगमन टोलीले छड्के छेक गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढे संगै बजारमा सिटामल औषधीको माग बढ्दै गएको छ । माग बढे संगै औषधीको चरम अभाव भएको भन्ने समाचारहरु आईरहेको छ । के पोखरामा साचिकै औषधीको अभाव भएकै हो ? भन्ने बारेमा धेरै जनाले जिज्ञासा पनि व्यक्त गर्नुभएको थियो ।

पोखराका बिभिन्न औषधी पसलमा अनुगमन गर्दै जाने क्रममा धेरै जस्तो होलसेल पसलहरुमा औषधीको अभाव देखिएपनि बजारमा औषधीको अभाव भने नरहेको व्यापारीहरु बताउछन । कोरोना संक्रमण बढे संगै माग बढेको भएपनि आभाव भएर आतिनु नै पर्ने अवस्था नआएको उनीहरुको भनाई रहेको छ ।

यस्तै अनुगमन गर्दै जादा धेरै पसलहरुमा सोचेको भन्दा फरक दृश्य देखिएको छ । माग बढे संगै होलसेल पसलहरुसंग अबको केहि दिनलाई मात्र पुग्ने औषधी गोजाम्मा रहेको छ छ भने त्यो सबै सकिएपछि के गर्ने भन्ने बारेमा अन्योल कायम नै रहेको हो ।हेर्नुहोस आज पोखरामा गरिएको अनुगमनमा यस्तो सम्म देखियो भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर