बतास समूहसँग भएको पशुपति धर्मशाला भाडा सम्झौता खारेज — OSNepal

बतास समूहसँग भएको पशुपति धर्मशाला भाडा सम्झौता खारेज

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । पशुपति धर्मशाला भाडामा लिएर सञ्चालन हुँदै आएको बतास समुहको होटेल आनन्द प्रालिको सम्झौता खारेज भएको छ ।

गैरकानूनी रुपमा सम्झौता भएको भन्दै गठित छानबिन समितिले सम्झौता खारेज गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा पशुपति क्षेत्र विकास कोषको मंगलबारको बैठकले उक्त सम्झौता खारेज गरेको हो ।

साथै समितिले होटल सञ्चालन तथा ठेक्का सम्झौताको सन्दर्भमा भएका गल्ती तथा बदमासीको अनुसन्धान गर्ने र सरकारलाई बुझाउने समेत बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर