काठमाडौं ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
कोरोना संक्रमण पछि उपचारको लागि शुक्रबार नेपाल मेडिसिटी अस्पताल लगिएको थियो ।
उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा।बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उपचार गरेको थियो । आइसियुमा राखेर उनको उपचार भइरहेको थियो ।
स्वाथ्यमा सुधार आएपछि उनलाई डिसचार्ज गरिएको हो ।