माधव नेपाल भन्छन् 'केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन्' — OSNepal

माधव नेपाल भन्छन् ‘केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन्’

LC (KTM) June 02, 2021 0

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललेकेपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको बताएका छन् ।जनसंगठनहरूको भर्चुअल बैठकमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको नेता नेपालले बताए । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना नदेखिएको पनि उनले बताए ।

बैठकमा सहभागी नेता जयन्ती राईका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर