नयाँ पार्टी खोल्ने नेता नेपालले देखाए यस्तो संकेत — OSNepal

नयाँ पार्टी खोल्ने नेता नेपालले देखाए यस्तो संकेत

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ । नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता माधवकुमार नेपालले आफु अझैँ एकताको पक्षमा भएको बताएका छन् । आफ्नो ६ बुँदे माग पुरा भए पार्टी एकताको पक्षमा रहेको बताएका नेपालले पार्टी एकताको लागि गठन गरिएको कार्यदलले काम नगरेको पनि बताएका छन् ।

नेता नेपालले आज बुधबार जनसंगठनहरूको भर्चुअल बैठकमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन’ बैठकमा नेपालले भने ।

बैैठकमा नेपालले पार्टीका अध्यक्ष केपी ओली सहमत नहुने हो भने धेरै अलमल नगरी अलग पार्टीको निमार्ण गर्नु पर्ने पनि बताएका छन् । जनसंगठनहरूको नेताहरुले पनि समय तोकेर वार्ता गर्नुपर्ने नभए अलग पार्टी निर्माणमा जानुपर्ने सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर