बिहानै पुगे नेता पुन अध्यक्ष प्रचण्ड निवास खुमलटार — OSNepal

बिहानै पुगे नेता पुन अध्यक्ष प्रचण्ड निवास खुमलटार

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । लामो समयको उपचार पछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

सोमबार स्वदेश फर्किएका पुनले आज मंगलबार बिहान अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलाटारमा भेट गरेका हुन् । भेटको क्रममा प्रचण्डल नेता पुनको स्वाथ्य लाभको कामना गरेका छन् ।

प्रचण्ड निवास पुनकी पत्नी ओनसरी घर्तीमगर पनि पुगेकी छन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र पार्टीका विषयमा छलफल भएको बताइएको छ ।

साथै भेटमा पुनले अध्यक्ष प्रचण्डलाई आफ्नो उपचारको क्रममा सहयोग गरिदिएकोमा आभार व्यत्तः समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डको पहलमा र परराष्ट्र मन्त्रालयको सहयोगमा पूर्वमन्त्री पुन उपचारका लागि सुरुमा बैंकक र त्यसपछि उतैबाट चीन गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर