पोखरा विश्वविद्यालयको पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अनिश्चितकालका लागि स्थगित — OSNepal

पोखरा विश्वविद्यालयको पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अनिश्चितकालका लागि स्थगित

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । कोरोना संक्रमण बढेसँगै पोखरा विश्वविद्यालयले पनि पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको विश्वविद्यालयको परीक्षा समितिको बैठकले यस्तो निणर्य गरेको हो । परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले आज एक सुचाना जारी गर्दै

कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने बताइएको छ ।

‘कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’ जारी सुचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर