प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, ते¥हथुम, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका ५–५, ग्रामथान र पथरीशनिश्चरेमा ४–४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा १–१ जनामा संक्रमण भएको छ । सुनसरीको धरानमा १२१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र बराहक्षेत्रमा ७–७, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका ४–४, गढीमा ३, भोक्राहानरसिंह, बर्जु र कोशी गाँउपालिकामा २–२, देवानगञ्जमा १ जनामा संक्रमण देखिएको छ ।
झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह , हल्दिबारी र स्थानीय तह नखुलेका ४–४, कचनकवल र बुद्धशान्तिमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा १–१ जनामा देखिएको छ । इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचुलीमा १–१, खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, ते¥हथुमको म्याङलुङ, संखुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिका १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०७ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।