संक्रमित मध्ये ४ हजार ६७६ जना उपत्यकाको मात्रै — OSNepal

संक्रमित मध्ये ४ हजार ६७६ जना उपत्यकाको मात्रै

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा मात्र ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

साथै ४ जनाको भने ज्यान गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जना गरी १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर