१० हजार ३१९ जनामा संक्रमण पुष्टि, २५४० जना संक्रमणमुक्त ४ जनाले गुमाए ज्यान — OSNepal

१० हजार ३१९ जनामा संक्रमण पुष्टि, २५४० जना संक्रमणमुक्त ४ जनाले गुमाए ज्यान

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जना गरी १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । साथै ४ जनाको भने ज्यान गएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर