वीरगञ्ज । १९ जेठ । पर्सामा लगाइएको निषेधाज्ञा जेठ ३० गतेसम्म थपिने भएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै लगाइएको निषेधाज्ञा भएको एक महिना पुरा भइसक्दा पनि फेरि संक्रमण फैलिन नदिन भन्दै निषेधाज्ञा थप्ने निणर्य भएको हो ।
आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।