जसपा अध्यक्षद्धयले एक अर्कालाई कारवाही गरेको पत्र निवार्चन आयोगबाट रद्ध — OSNepal

जसपा अध्यक्षद्धयले एक अर्कालाई कारवाही गरेको पत्र निवार्चन आयोगबाट रद्ध

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको पत्र निवार्चन आयोगले बदर गरिदिएको छ ।

दुई पक्षले पार्टीबाट निष्काशन गरेको पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोग जनाएको हो । हिजो मंगलबार आयोगमा दर्ता भएको पत्र अनुसुची अनुसारको फाराम अनुसार पत्र नआएकाले आयोगले रद्द गरेको जनाएको छ ।

अध्यक्षद्धयले एक अर्कालाई पार्टीको नियम विपरित अन्य दललाई समर्थन गरेको भन्दै पार्टीबाट निष्काशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर