थप ६४६२ जनामा संक्रमण पुष्टि , १४१६ जना निको , ४ जनाको मृत्यु — OSNepal

थप ६४६२ जनामा संक्रमण पुष्टि , १४१६ जना निको , ४ जनाको मृत्यु

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशरभर १७ हजार ४३७ नमुना परीक्षण गर्दा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ जना पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख २१ हजार ६ सय ९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

साथै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर