दोस्रो पटक संसद विघटन गरेपछि नरम बनेका ओली, पार्टी एकताको विषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बस्दै — OSNepal

दोस्रो पटक संसद विघटन गरेपछि नरम बनेका ओली, पार्टी एकताको विषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बस्दै

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ । पार्टीं एकताको लागि भन्दै आज नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल समुहसँग पार्टी एकताको लागि भएको वार्ताको छलफल गरिने भएको छ ।

बैठक अहिले अपरान्ह्र ४ बजे बस्ने भएको छ । पार्टी एकताको लागि हदैसम्म प्रयास गर्ने भन्दै हिजो स्थायी कमिटिको बैठकले निष्कर्ष निकालेको थिया । दोस्रो पटक संसद विघटन गरेपछि निकै लचिलो बनेको पार्टी अध्यक्ष समेत रहेका केपी ओली पार्टी एकताको लागि लचक भएका छन् ।

पार्टी एकताकोलागि दोस्रो तहका नेताहरुसँग छलफल गरिरहेका ओली नेता नेपाल सुमहका दोस्रो तहका नेतासँग पनि छलफल गरिरहेका छन् । पछिल्लो समय पार्टी एकताको लागि लागि परेका नेत योगेश भट्टराईले ओलीलाई एकताको लागि सहमत गराएको पति बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर