कलंकीमा ढुंगाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु — OSNepal

कलंकीमा ढुंगाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । कलंकीमा ढुंगाको पर्खाल भत्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । काठमाडौँस्थित चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको ज्यान गएको हो ज्यान गुमाउनेमा उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २० वर्षीय टेकबहादुर चेपाङ प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका-२ का १८ वर्षीय हरि घले रहेका छन् । अहिले उनीहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुशन्धान भइरहको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर