केहि खुकुलो बनाउँदै जेठ ३१ गते सम्म उपत्यकामा निषेधाज्ञा — OSNepal

केहि खुकुलो बनाउँदै जेठ ३१ गते सम्म उपत्यकामा निषेधाज्ञा

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । काठमाडौं उपत्यकाका तिनै जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । आज बसेको तिनै काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । जेठ २० गतेबाट फेरि थपिन लागेको निषेधाज्ञामा भने केही खुकुलो बनाइने पनि भएको छ ।

आज तिनै जिल्लाको सिडिओहरुको बैठकले अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गर्नुका साथै सार्वजनिक निर्माणलाई समेत खुल्ला गर्ने निर्णय भएको छ ।निर्माण सामग्रीको लागि सवारी साधनलाई रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय भएको छ ।

बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर