निषेधाज्ञामा महँगो मूल्यमा फलफूल बिक्री गरेको थाहा पाएपछि नगरपालिकाले थाल्यो अनुगमन — OSNepal

निषेधाज्ञामा महँगो मूल्यमा फलफूल बिक्री गरेको थाहा पाएपछि नगरपालिकाले थाल्यो अनुगमन

LC (KTM) June 02, 2021 0

भक्तपुर – भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज यहाँका फलफूल पसलमा अनुगमन गरेको छ । फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको गोराले बताउनुभयो ।

अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महँगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा कमलविनायक एसराज फलफूल पसलमा १५, कमलविनायक तरकारी तथा फलफूल पसलमा २०, क्लासिक फुड्स सपमा १०, सुवास फलफूल पसलमा १५, हरिन्द्र फलफूल पसलमा १८, सन्तोष फ्रुट सेन्टरमा तीन र एसपी जुस सेन्टरमा पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर