धनगढी ८ माघ । एकैचोटी १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको अत्यावश्यक बाहेकका नियमित सेवा बन्द भएको छ ।
२३ जना कर्मचारीमा गरिएको परिक्षणमा १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा वन्द गरिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका हुन् ।
यस विषयमा प्रशासनले सुचना नै जारी गरि जानकारी गराएको हो ।