दरबारमा के भएको थियो त्यो दिन ? आफुले आँखै अगाडी सबै देखेको भन्दै बोलिन हिमानी (भिडियो) — OSNepal

दरबारमा के भएको थियो त्यो दिन ? आफुले आँखै अगाडी सबै देखेको भन्दै बोलिन हिमानी (भिडियो)

LC (KTM) June 02, 2021 0

काठमाडौं- आज जेठ १९ अर्थात आज भन्दा २० बर्ष अगाडी नेपालको इतिहासम कालो दिन । १९ गते राती नेपालको राज परिवारको ह त्या भएको दिन । त्यसअघि ह त्या काण्ड भएको त्रिभुवन सदनमा उपस्थित राजपरिवारका विभिन्न सदस्यसँग बयान लिइएको थियो । त्यसमध्येकी एक हुन् तत्कालिन शाहज्यादी र पछि युवराज्ञी भएकी हिमानी शाह ।

छानबिन समितिले उनलाई धेरै प्रश्न गरेको थिएन, छोटो बयान लिएको थियो । छानबिन समितिलाई हिमानीले भनेकी थिइन्,‘हामी भाग्यले बाँच्यौं ।’‘सुरुदेखि नै हामी कार्यक्रममा थियांै । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन ।’

उनले अगाडि थपेकी छन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो ।’

समितिलाई दिएको बयानमा हिमानीले उल्लेख गरेकी छन्,‘अनि त्यसपछि कान्छो बुवा (धीरेन्द्र) अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं । त्यसपछि फेरि आएर परर पर्रररर ब न्दुक प ड्केको सुनेको त्यति नै ।’

छानबिन समितिले हिमानीलाई अर्को प्रश्न सोध्यो,‘यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?’ उनले भनेकी छन्,‘हामीतिर पनि ब न्दुक तेस्र्याइ रहनु भएको थियो । डाईनिङ रुम जाने एउटा ढोका छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौं । त्यसपछि बगैंचामा ब न्दुकहरु प ड्किएको मात्र सुनें ।’ भिडियो हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर