जिम्बावेविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई — OSNepal

जिम्बावेविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

LC (KTM) January 21, 2022 0

घरेलु टोली श्रीलंकाले जिम्बावेविरुद्धको एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको छ । हिजो राति तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई १ सय ८४ रनले हराउँदै श्रीलंकाले ३ खेलको सिरिज दुई एकले आफ्नो बनाएको हो । श्रीलंकाले जिम्बावेलाई २ सय ५५ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको जिम्बावे २४ ओभर ४ बलमा ७० रन जोड्दा अलआउट भएपछि घरेलु टोलीले सिरिज आफ्नो बनाएको हो । जिम्बावेका लागि कैटानोले सर्वाधिक १९ रन बनाए । रायन बर्लले १५ रन जोडे । जिम्बावेलाई सस्तैमा समेट्न श्रीलंकाका जेफ्री भान्डरसेले ४ विकेट लिए । रमेश मेन्डीस र दुश्मन्था चामिराले समान २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।श्रीलंकाका पाथुम निशान्काले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । चारिथ अस्लान्काले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । जिम्बावेका रिचार्डले १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर