कप्तान सन्दीप स्वदेश फिर्ता — OSNepal

कप्तान सन्दीप स्वदेश फिर्ता

LC (KTM) January 21, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा जारी बिग बास लिग टी ट्वान्टी क्रिकेटमा सहभागिता जनाएर सन्दीप शुक्रबार राति स्वदेश फर्किएको क्यानले जनाएको छ ।ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि सन्दीप बिग बास नसकिदै स्वदेश फर्किएका हुन् ।

मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले छनोटका लागि सन्दीपको कप्तानीमा टिम घोषणा गरिसकेका छन् । स्वदेश फर्किएका सन्दीप अब बन्द प्रशिक्षणमा रहनेछन् । ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर