प्रधानमन्त्रीजी विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ? :प्रचण्ड — OSNepal

प्रधानमन्त्रीजी विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ? :प्रचण्ड

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्ने नैतिक आधार नभएको बताएका छन् । उनले आज संसद सम्बोधन गर्ने क्रममा ओली माथि यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’ प्रचण्डले ओलीलाई भने । प्रचण्डले अघि भने, फेरि संसद विघटन गर्ने उद्देश्यका साथ विश्वासको मत लिन ओली आएका हुन् ।बजेट अधिवेशन बोलाउनुपर्ने बेलामा यो अधिवेशन बोलाएर कतै संवैधानिक प्रक्रिया छल्न खोजेको हो कि भन्ने आशंका लागेको प्रचण्डको तर्क रहेको छ ।

संविधानमा अधिवेशन बोलाउने व्यवस्था नरहेको भन्दै प्रचण्डले ओलीले अपनाएको यो प्रक्रिया लोकतान्त्रिक र संविधानसम्मत नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर