पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्ने भन्दै आएको नेकपा एमालेको आज पनि स्थायी कमिटिको बैठक — OSNepal

पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्ने भन्दै आएको नेकपा एमालेको आज पनि स्थायी कमिटिको बैठक

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । नेकपा एमाले स्थायी कमिटिको बैठक आज पुन चार बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने भएको छ । आजको बैठकमा सोमबार राति नेकपा एमालेका दोस्रो तहका नेताहरुले गरेको छलफलको ब्रिफिङ गर्ने बुझिएको छ ।

पार्टी एकताको लागि भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुको मध्यराति छलफल भएको थियो । यसका साथै लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर