चौधरी उद्योग ग्राममा बिहानदेखि आगलागी, सेना र प्रहरी खटिए पनि नियन्त्रणमा लिन कठिन् — OSNepal

चौधरी उद्योग ग्राममा बिहानदेखि आगलागी, सेना र प्रहरी खटिए पनि नियन्त्रणमा लिन कठिन्

LC (KTM) June 02, 2021 0

नवलपुर – पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा बुधबार बिहानदेखि आगलागी भइरहेको छ । बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा नआएको बताइएको छ ।

बियर र चाउचाउ राख्ने कागजको काटुनमा आगो लागेकाले चाँडै फैलिएको र आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले बताए ।

उनका अनुसार चारवटा दमकलले आगो नियन्त्रणका लागि गरेको प्रयास सफल भएको छैन । सेना र प्रहरी आगो नियन्त्रणमा खटिएका छन् । ‘विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ,’ । उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर