प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न भनेपछि देउवा , नेपाल र प्रचण्डबिच बालुवाटारमा भेटवार्ता — OSNepal

प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न भनेपछि देउवा , नेपाल र प्रचण्डबिच बालुवाटारमा भेटवार्ता

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले तिन शिर्ष नेताहरु बिच भेटवार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको व्यवस्थाताको कारण आज राजनीतिक संयन्त्रको बैठक स्थगित भएको थियो ।

उक्त बैठक स्थगित भएपछि तिन नेताहरु बिच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले वैशाखमा हुने स्थानीय तहको चुनाव स्थगित गरेर प्रतिनिधि सभाको चुनाव गरौं भनेपछि राजनीति वृतमा माहोेल तातेको छ ।

जारी बैठमा उत्तः विषयमा पनि छलफल हुने बुझिएको छ । प्रचण्डले स्थानीय तहको चुनाव कात्तिकमा गर्न समेत बोलाएको छ । प्रचण्डको यो भनाई पछि प्रतिपक्षी दल नेकपा एमालेले यसको विरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर