कोरोनाको इपिसेन्टर बन्यो काठमाडौं उपत्याका एकै दिन ६ हजार ९८१ जनामा संक्रमण पुष्टि — OSNepal

कोरोनाको इपिसेन्टर बन्यो काठमाडौं उपत्याका एकै दिन ६ हजार ९८१ जनामा संक्रमण पुष्टि

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले काठमाडौं उपत्यकालाई त्रसित बनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर एकै दिन थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा उपत्यकामा मात्र एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसमा पनि काठमाडौंमा मात्र ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन्, भने ४ जनाको मृत्‍यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर