माघ मसान्तसम्म लोक सेवा आयोगका लिखित परिक्षाहरु स्थगित — OSNepal

माघ मसान्तसम्म लोक सेवा आयोगका लिखित परिक्षाहरु स्थगित

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । लोक सेवा आयोगले सबै लिखित परिक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आयोगले परिक्षा स्थगित गरेको हो ।

यही   माघ  ११  गते देखि  उपसचिवको परीक्षा    सञ्चालन गर्ने  कार्यतालिका  रहेको   थियो   ।  

आयोगले कार्यालयका कर्मचारीमा पनि संक्रमण भएपछि परिक्षा स्थगित गरेको जनाएको छ ।

साथै संगठित संस्थाका परीक्षाहरुहाललाई स्थगित भएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर