नेकपा एमाले र लोसपाबिच गठवन्धन — OSNepal

नेकपा एमाले र लोसपाबिच गठवन्धन

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठवन्धन हुने भएको छ ।

आज बिहिबार पत्रकार सम्मेलन गरेर दुवै दलका नेताहरुले राष्ट्रिय सभा निर्वाचनको लागि गठवन्धन गरिन लागेको बताएका हुन् ।

१९ जना सदस्यको लागि हुन गइरहेको निर्वाचनमा दुई दलबिच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।

मधेस प्रदशेमा सत्ता गठवनधन दलबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।

एमाले र लोसपाले गठवन्धन गरेपनि पाँच दलीय सरकारले पकट पनि बलियो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर