राष्ट्रिय सभाको निर्वाचनको लागि आयोगले जारी गर्यो यस्तो २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड ,मतदान स्थलमा के-के गर्न पाइने, के- के नपाइने ? — OSNepal

राष्ट्रिय सभाको निर्वाचनको लागि आयोगले जारी गर्यो यस्तो २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड ,मतदान स्थलमा के-के गर्न पाइने, के- के नपाइने ?

LC (KTM) January 20, 2022 0

काठमाडौ ६ माघ । यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनको लागि निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोरोना संक्रमणको यो जटिल अवस्था हुन गइरहेको निवार्चनको लागि आयोगले स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य गरेको हो ।

आयोगले आज बिहिबार एक विज्ञप्ती जारी गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने जानकारी गराएको छ ।

मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्ने आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ ।

मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न समेतअ आयोगले निर्देशन दिएको छ ।

भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न जारी २१ बुँदै स्वास्थ्य सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमति मतदातालाई मत खसाल्न छुट्टै मतदान पेटीकाको पनि व्यवस्था गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर