ओलीले संसद विघटन गरी चुनावमा जाँउ भन्दा प्रतिगमन भयो भन्ने प्रचण्डलाई सत्तामा पुगेको ६ महिनामै किन भयो चुनावमा जान हतार ? — OSNepal

ओलीले संसद विघटन गरी चुनावमा जाँउ भन्दा प्रतिगमन भयो भन्ने प्रचण्डलाई सत्तामा पुगेको ६ महिनामै किन भयो चुनावमा जान हतार ?

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव रोकेर प्रतिनिधि सभाको चुनाव वैशाखमा गर्ने भनेपछि यति बेला राजनीतीमा तरंग आएको छ ।

यस अघि एमालेको सरकार छदाँ अध्यक्ष केपी ओलीले संसद विघटन गरी चुनावाको घोषणा गर्दा प्रतिगमन भयो भन्दै सडकमा उत्रिएका प्रचण्ड अहिले आफु सरकार गएको ६ महिनामै संसद विघटन गरेर चुनावमा जान हतार देखिएपछि सबैको ध्यान त्यस तर्पm खिचेको छ ।

संसद विघटनकै कारण पाँच दलीय गठवन्धनमा ओेलीलाई बालुवाटारबाट बालकोट पुर्याएका प्रचण्ड अहिले स्थानीय तहको चुनाव रोकेर चुनाव गर्न हतार देखिएका छन् ।

यता निवार्चन आयोगले बैशाखमा स्थानीय तहको निर्वाचन नगरे संवैधानि संकट आउने संकेत गरिसेका छन् । चुनाव अगाडी नै पुर्व माओवादीका बाबुराम भट्टराई, उपेन्द्र यादव, नेत्रविक्रम चन्द विप्लवलगायतबीच एकता गर्ने सम्भावना भएकाले प्रचण्ड चुनावमा जान हतार देखिएका छन् ।

यी सबैसँग एकता गरी माधव नेपाल नेतृत्वको पार्टी एकिकृत समाजवादी पार्टीसँग गठवन्धन गर्ने तयारीमा रहेका प्रचण्ड चुनावमा ठुलै सफलता हात पार्ने दाउमा लागि परेका छन् ।

सत्तामा रहेका ६ महिनामा ठुलै शक्ति संचय गरेका प्रचण्ड अहिले चुनावमा जान हतास देखिएका छन् ।

यता प्रतिपक्षी दल एमाले आयोगले तोकेको समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्दै दवाव दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर