२४ वर्षीय पत्रकार एलबी विश्वकर्माको निधन — OSNepal

२४ वर्षीय पत्रकार एलबी विश्वकर्माको निधन

LC (KTM) January 20, 2022 0

काठमाडौँ ६ माघ-पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

डोने राष्ट्रिय सङ्ग्राहलय भवन निर्माण-पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण गरिएको छ । ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रुपमा समेत रहने जनाइएको छ ।

भवन निर्माणका लागि पाँचखाल नगरले रु ५५ लाख उपलब्ध गराएको थियो । भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराउनुभएको थियो । नगरप्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताउनुभयो । “सङ्ग्राहलय बनाउन थप सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नगरले डाने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरले डोने भाषामा पाठ्यपुस्तक तयार गरी डेडीथुम्का माध्यमिक विद्यालय र भीमसेन आधारभूत विद्यालयमा अध्यापन सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर