बुद्ध एयरको जहाजले अवतरण गर्न नसकेपछि ४० मिनेट आकाशमै होल्ड ,एक महिला जहाजभित्रै वेहास — OSNepal

बुद्ध एयरको जहाजले अवतरण गर्न नसकेपछि ४० मिनेट आकाशमै होल्ड ,एक महिला जहाजभित्रै वेहास

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । मौसम प्रतिकुलका कारण बुद्ध एयरको जहाज अवतरण गर्न नसकी आकाशमै करिब ४० मिनेट फन्को मार्दै बसेको छ ।

बिहिबार बिहान ७ बजेर ४४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर उडेको बुद्ध एयरको जहाज खराब मौसमका नेपालगञ्ज स्थित गन्तब्यमा पुगेर पनि अवतरण गर्न नसकेको हो ।

जहाजमा सवार एक यात्रु भने समयमै अहाज अवतरण हुन नसकेपछि बेहोस भएकी थिइन् । उनको नेपालगञ्जस्थित राँझमा उपचार भइरहेको छ । बेहोस् ति महिलाको परिचय भने खुलाइएको छैन ।

जहाजले करिब ४० मिनेट पछि बिहान ९ बजेर १८ मिनेटमा सफल अवतरण गरेको थियो ।

४० मिनेट आकाशमै फन्को लगाएर अवतरण गर्दा समेत ति महिलाको होस् भने नखुलेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर