प्रधानमन्त्री देउवाको पुत्ला दहन — OSNepal

प्रधानमन्त्री देउवाको पुत्ला दहन

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको अनेरास्ववियुका विद्यार्थीहरुले पुत्ता दहन गरेका छन् । काठमाडौं स्थित अस्कल क्याम्पस परिसरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले देउवाको पुत्ला दहन गरेका हुन् ।

विद्यार्थीको विरोधलाई रोक्न सुरक्षा कर्मी पुगेपछि विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका छन् ।

हिजो बुधरबार मध्यरातिबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएको प्लेकार्ड बोकेर नारा समेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर