७० बाघ मा रेको आरोप लागेका 'टाइगर हबिब' २० वर्षपछि पक्राउ — OSNepal

७० बाघ मा रेको आरोप लागेका ‘टाइगर हबिब’ २० वर्षपछि पक्राउ

LC (KTM) June 02, 2021 0

काठमाडौं- बंगलादेशले ७० बाघ मारेको आरोप लागेका ‘टाइगर हबिब’ लाई पक्राउ गरेको छ । ५० वर्षीय टाइगर हबिब उपनामले चिनिने हबिब तालुकदरलाई बंगलादेशको प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । प्रहरीले २० वर्षदेखि ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका हबिबलाई अन्तत प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

उनी पक्राउ परेपछि क्षेत्रीय वन संरक्षण अधिकृत मैनुद्दिन खान खुशी भएका छन् । उनी हाम्रा लागि टाउको दुस्खाइको विषय थिए। उनका कारणले यहाँको बनको जैविक विविधतामा उनीबाट ठूलो ख तरा थियो,’ खानले भने।हबिबले सुरूमा जंगलमा मह निकाल्ने काम गरेका थिए। हुँदाहुँदै बाघ शि कारी बनेको बताइन्छ ।

उनी जंगलभित्र बाघसँग एक्लै लड्न सक्ने खतरनाक मान्छे भएको र बाघको शिकार गरेर दाह्रा, छालालगायत अंग चीनको ब्ल्याक मार्केटमा बेच्ने व्यापारीलाई दिने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर