काठमाडौं ६ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भएको भन्दै व्यंग्य गरो छन् ।
नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो व्यग्ंय गरेका हुन् । उनले पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भएको भन्दै आलोचना गरेका हुन् ।
‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ।’
आफ्नो पार्टी एमालेले संसद विघटन गरेर चुनाव गरौं भन्दा प्रतिगमनको संज्ञा दिनेहरु नै आज बैशाखमा संसदीय निर्वाचन गरेर स्थानीय तहको निर्वाचन कात्तिकमा गर्दा पनि हुने तर्क गर्न थालेको भन्दै उनले आलोचना गरेका हुन् ।
उनले लेखेका छन् , ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ।’