कोरोना महामारीकै समयमा सरकारले यि ३ देशमा दियो उडान अनुमति, विदेशबाट आउनेले कोरोना ल्याउलान् भन्नेमा अझै किन सचेत छैन सरकार ? — OSNepal

कोरोना महामारीकै समयमा सरकारले यि ३ देशमा दियो उडान अनुमति, विदेशबाट आउनेले कोरोना ल्याउलान् भन्नेमा अझै किन सचेत छैन सरकार ?

LC (KTM) June 02, 2021 0

काठमाडौं, जेठ १९ । सरकारले चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिका पनि तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ ।

भोलि अर्थात् बिहीवारदेखि टर्किश एयरलाइन्सले नियमित उडान शुरू गर्दै छ भने कतार एयरलाइन्सले आगामी सोमवारदेखि काठमाडौं–दोहा उडान गर्ने समय तालिका पाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । टर्किश एयरलाइन्सको विमान बिहान ९ बजे नेपाल आउने र सोही दिनको बिहान ११ बजे नै फर्कने तालिका तयार भएको उनले बताए ।

तर, तीन देशमध्ये चीनतर्फको उडानका लागि चिनियाँ एयरलाइन्स र नेपालको निजी विमान कम्पनी हिमालय एयरलाइन्सले हालसम्म काठमाडौं–चीन उडानका लागि आवेदन दिएका छैनन् । सरकारको निर्णयसँगै चीन र हिमालय एयरलाइन्ससँग पनि उडानको आवेदन दिन अनुरोध गरिएको उनको भनाइ छ ।

चीनले अहिले उडानमा निकै कडाइ गरेको हुँदा त्यसतर्फको उडानका लागि आवेदन नपरेको हुन सक्ने प्राधिकरणको आकलन छ । यसैगरी नेपाल एयरसलाइन्सले पनि नियमित उडानका लागि अनुमति पाएको उनले जानकारी दिए । हाल चार्टर उडान गर्दै आएको नेपाल एयरलाइन्सले दोहाका लागि नियमित उडान गर्ने अनुमति पाएको छ ।

उसले सोमवार राति ११ बजे उडान गर्ने र मंगलवार बिहान नेपाल फर्कने गरी तालिका पाएको उनले बताए । आर्थिक अभियान दैनिकमा खबर छ । सरकारले वैशाख २३ गते मध्यरातदेखि अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो । कार्गो, चार्टर उडान र भारतमा साताको २ ओटा उडान गर्न भने यथावत् राखिएको थियो । त्यसको झन्डै १ महीनामा सरकारले उल्लिखित ३ देशमा नियमित उडान गर्न दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर