स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित — OSNepal

स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

LC (KTM) January 20, 2022 0

काठमाडौं। इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ। बुधबार राति भएको खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो। खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए।

प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए। ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो।

जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो।

जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर