देउवाले गरे नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान — OSNepal

देउवाले गरे नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान

LC (KTM) May 10, 2021 0

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावको आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने जनाएका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभामा उपस्थित सबै राजनीतिक दल र माननीयहरूलाई प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न समेत नेता देउवाले आग्रह गरेका छन् ।

ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा पनि सम्झाउँदा ओलीले एउटा कानले सुनेर अर्को कानले उडाइदिएको आरोप लगाए । ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न गरेका देउवाले नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत आह्वान गरेका छन् । पढ्नुहोस् देउवाको सम्बोधनको पूर्णपाठ जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर