कोरोना संक्रमणले नेपालमा तोड्यो रेकर्ड, आज हाल सम्मकै धेरै ११ हजार ३५२ जना संक्रमतिको पुष्टि — OSNepal

कोरोना संक्रमणले नेपालमा तोड्यो रेकर्ड, आज हाल सम्मकै धेरै ११ हजार ३५२ जना संक्रमतिको पुष्टि

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकार ि अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यो संक्रमण संख्या हाल सम्मकै सबैभन्दा धेरै हो । संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना भएको मन्त्रालयले जनाएको छ ।

आज ४ जना संक्रमितको ज्यान गएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर