आयोगले तोकेकै मितिमा स्थानीय तहको निवार्चन गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा, के अन्य गठवन्धन दलले साथ देलान् ? — OSNepal

आयोगले तोकेकै मितिमा स्थानीय तहको निवार्चन गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा, के अन्य गठवन्धन दलले साथ देलान् ?

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निवार्चन बैशाखमै गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनदलहरुको बैठकले प्रधानमन्त्रीले देउवाले यस्तो बताएका हुन् । निर्वाचन आयोगले तोकेकै मितिमा निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा देउवा रहेका बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

यस विषयमा अन्य दलले सहमति नजनाइसकेको खुलासा गरेका ति नेताले भने फेरि अर्को बैठक बसेर साझा धारणा ल्याउने जानकारी समेत दिएका छन् ।

उहाँले वैशाखमा आयोगले तोकेकै मितिमा चुनाव गरौं भनेर भन्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘अन्य दलहरुले त्यसमा सहमति जनाइसकेका छैनन्। फेरि छलफलमा बसेर साझा धारणा बन्छ होला।’

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आयोगले तोकेकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर