एमसीसी कुख्यात परियोजना हो भन्दै पुग्य गौतमले गरे यस्तो खुलासा : सभामुख जेल जान सक्छन् — OSNepal

एमसीसी कुख्यात परियोजना हो भन्दै पुग्य गौतमले गरे यस्तो खुलासा : सभामुख जेल जान सक्छन्

LC (KTM) January 19, 2022 0

काठमाडौ ५ माघ । सामाजिक अभियान्ता , टिकटक स्टार तथा नेकपा एकिकृत सामाजवादी पार्टीका केन्द्रिय सदस्य पुण्य गौतमले एमसीसी कुख्यात परियोजना भएको बताएका छन् ।

बुधरबार ओएस नेपालको इन्टरनेसनल डिसर्कोसमा पत्रकार एचवी ताम्राकारसँगको अन्र्तवार्तामा गौतमले यस्तो बताएका हुन् । राष्ट्रघाती एमसीसी नेपाललाई द्धन्द्धमा लैजाने परियोजना भएकाले यो कदापी पास नहुने पनि उनले बताएका छन् ।

यदि आफ्नो पार्टी र नेकपा माओवादी सत्तागठवन्धनमा नभएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले एकै रातमा एमसीसी टेबुल गर्ने पनि गौतमले ठोकुवाका साथ भनेका छन् । ‘हामीले एमसीसीको विरोध गरेका हौं अमेरिकाको होइन’ उनले भने ।

फरक प्रसंगमा गौतमले सभामुख अग्नि प्रसाद सापकोटा पनि एमसीसीको पक्षमा भएको संकेत गरेका छन् । उनले आज पनि अग्नि प्रसाद सापकोटालाई रहस्मय पदको अफर आइरहेको छ ।

एमसीसी पास गरे यो भन्दा माथि तपाईलाई लैजान सकिन्छ भनिद आएको उनको ठहर रहेको छ । कार्यक्रममा उनले सर्वोच्च अदालतमा सापकोटा विरुद्ध परेको अर्जुन लामा हत्याको फाइल सुनुवाई भए सापकोटा सिधै जेल जानु हुनेछ भनेर भनी सापकोटालाई धम्काइएको उनको दावी रहेको छ ।

कांग्रेसका महामन्त्री गगन थापा , विश्व प्रकाश शर्मा सन् २००८ देखि नै एमसीसी पास हुनुपर्छ भन्दै लागि परेको समेत बताएका छन् । यदि एमसीसी पास गरियो भने आफ्नो नेकपा एस पार्टी सरकारबाट बाहिरिने समेत उनले खुलासा गरेका छन् ।

साथै अर्को फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुमिमा सडक निमार्ण गर्दै गरेको योजना ठाडै खारेज गर्ने समेत दावी गरेका छन् । हेरौं पत्राकार एचवी ताम्राकार र पुण्य गौतमबिच भएको यो रोचक भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर