दरबार ह त्याकाण्ड भएको आज २० वर्ष पूरा : उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको ह त्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा — OSNepal

दरबार ह त्याकाण्ड भएको आज २० वर्ष पूरा : उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको ह त्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा

LC (KTM) June 02, 2021 0

काठमाडौं । नारायणहिटी दरबार ह त्याका ण्ड भएको आज २० वर्ष पूरा भएको छ ।२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको आज २० वर्ष पुरा भएको हो । युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

त्यसैले यो घटना अहिले पनि रहस्यमै छ । ह त्या काण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।अत्यन्तै संवेदनशिल र उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको ह त्याका ण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग विक्रम र अन्य राजपरिवारका सदस्यहरूको पनि हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर