काठमाडौं ५ माघ । कोरोना संक्रमण बढ्दै गएकाले ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
ललितपुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज बुधबार एक सूचना गर्दै यसको जानकारी गराएका हुन् ।
बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिने जारी सुचनामा उल्लेख गरिएको छ ।
जसमा नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँटर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुचनामा बताइएको छ ।
शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने विज्ञप्तीमा बताइएको छ ।