संसदमा बोल्दै अधिकांश समय ओलीसँग झोक्किएर बिताए प्रचण्डले, भने सबै नाटकै हो — OSNepal

संसदमा बोल्दै अधिकांश समय ओलीसँग झोक्किएर बिताए प्रचण्डले, भने सबै नाटकै हो

LC (KTM) May 10, 2021 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने नैतिक आधार गुमााएको आरोप लगाएका छन् । बहुमतको सरकार चलाएर आज एकलौटी निर्णय गर्दै सबैलाई पाखा लगाउँदै, कुरा गर्न सिपालु हुँदा हुँदै काम गर्न नसकेको अरोप लगाएका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन ।

प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गरेका छन् । संसदमा बोल्दै अधिकमांश समय ओलीकै विरुद्धमा फलाकेर बिताएका प्रचण्डले ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए ।

प्रचण्डले ओलीकै कारण नेपालमा कोरोना भयाभह भएको समेत आरोप लगाउन भ्याए । उनले मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनाउने समय किन यो कोरोनाको समयमा रोजेको भन्दै प्रचण्डले शिलान्यास मात्रै गरेर मात्रै सुख नपाइने बताए । प्रचण्डको क्षेत्र र प्रचण्ड विरुद्ध किन लागेको भन्दै प्रचण्डले ओलीतिर अर्को गम्भिर प्रश्न तेर्स्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर