विराटनगर ४ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नाम र राजधानी टुंगो लाग्ने बताएका छन् ।
प्रदेश सभाको नवौं हिउँदे अधिवेशन माघ २० गते सम्म बस्ने मुख्यमन्त्री राईले बताएका छन् । उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’
सोमबार प्रदेश २ ले मतदान प्र्िरयाबाट प्रदेशको नाम र स्थायी राजधानी चयन गरेपछि प्रदेश १ लाई दवाव परेको छ ।